काठमाडौं– इन्डियन आयल कर्पोरेसन (आईओसी) इन्धनको मूल्य बढाएर नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ, डिजलेमा प्रतिलिटर ४ रुपैयाँ, हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँ मूल्य बढाएर पठाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि प्रशोधित तेलको समेत मूल्य बढाएर पठाएको आईओसीले जानकारी दिएको उपाध्ययले बताए । यसअघि बढेको मूल्इ अनुसार निगमलाई १५ दिनमा ४ अर्ब २५ करोड घाटा रहेको थियो । अब ४ अर्ब ५० करोडको हाराहारीमा घाटा हुने देखिएको छ ।
नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन नगरे निगमलाई घाटा हुने उनले बताए । पछिल्लो समय रुस र युक्रेनबीचको युद्धका कारण झण्डै ७८ डलर प्रतिव्यारेलको हाराहारीमा रहेको कच्चा तेलको मूल्य बढेर अहिले १ सय ११ डलर पुगिसेकेको छ ।
Facebook Comments Box