कैलाली– कैलालीबाट प्रहरीले दुई तोला सुनसहित २५ लाख बढी भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-४ र घोडाघोडी नगरपालिका-८ बाट प्रहरीले बिहीबार २५ लाख ६८ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बर्दगोरिया-४ सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक खेतबारीमा खाडलमा लुकाई छिपाई राखेका भारतीय रुपैयाँ २ लाख २२ हजार र घोडाघोडी-८ का लालबहादुर थापाको घर नजिकको खेतबारीमा खाल्डोमा लुकाई छिपाई राखिएको भारतीय रुपैयाँ २३ लाख ४६ लाख र २ तोला सुनका बरामद गरिएको छ ।
भारतको विभिन्न स्थानबाट चोरी गरी भारतीय रुपैयाँ र सुन ल्याई लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले यी ठाउँबाट रुपैयाँ र सुन बरामद गरेको जनाएको छ ।
Facebook Comments Box