काठमाडौं – विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ आउने भएको छ | धितोपत्र बोर्डले जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको छ | यस कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन हुन लागेको हो |
जसमा (५ % ) ७५ हजार कित्ता सामुहीक लगानी कोष र (४% ) ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ ।
जेठ २० गतेदेखि खुल्ने आइपीओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा असार ३ गतेसम्म आवेदन दिन सकिने छ ।
विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ | रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।