बैतडी– बैतडी सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन थालेपछि जिल्ला प्रशासन कार्यालय बैतडीमा सेवाग्राहीको भीड बढ्न थालेको छ । प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले सेवाग्राहीको भीड बढ्दै गएको बताए ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचय पत्र बनाउने, नाबालिग परिचय पत्र बनाउने देखि लिएर अन्य सेवाका लागि पुग्नेहरुको भीड बढेपछि रातिको समयमा समेत सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले बताए ।
उनका अनुसार सोमबार राति १० बजेसम्म सेवा दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा सेवाका लागि पुगेका नागरिकहरुले सेवा प्राप्त गरेर मात्रै फर्किउन भन्ने उद्देश्यले रातिको समयमा समेत सेवा दिन थालिएको सूचना अधिकारी भारतीले बताए ।
Facebook Comments Box