कैलाली– कैलालीको धनगढीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । से १ च ६००६ नम्बरको ट्याक्टरले बुधबार बेलुका साइकललाई ठक्कर दिँदा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने कमलावती भट्टको मृत्यु भएको हो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी भट्टको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनको शव अस्पतालको शव गृहमा राखिएको जोशीले बताए।
ट्याक्टर र चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
Facebook Comments Box