कैलाली– तराईका जिल्लामा गर्मी अझै केही दिन बढ्न सक्ने मौसमविद्ले बताएका छन् । हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ ।
मनसुन शुरू भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताइन् । “अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको छ”, उनले भने । गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत महाकाली वेसीन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरी बताउँछन् । “अझै केही दिन तापक्रम बढ्छ”, उनले भने।
कैलालीमा यस वर्ष सबैभन्दा बढी गर्मी गत वैशाख १३ गते रेकर्ड भएको छ । गर्मीको समयमा जाडोको तुलनामा शरीरलाई हानी पुर्याउने जीवाणु बढी सक्रीय हुने भएकाले विभिन्न रोगको सङ्क्रमण हुनसक्ने चिकित्सक बताउँछन् । लापर्बाही गरे यो समयमा विभिन्न सरुवा रोग वा अन्य दीर्घरोगको जोखिम हुन्छ ।
गर्मीमा वयस्क नागरिकभन्दा बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहार गर्नुपर्ने डा खरेल बताउँछन् ।