कैलाली– कैलालीको एक रक्सी उद्योगमा आगलागी भएको छ। जिल्लाको चुरे गाउँपालिका–३ सहजपुरस्थित मारभट्टी बजारस्थित मनसुन वाइन ईण्डष्ट्रिजमा आगलागी भएको हो ।
सोही ठाउँका पृथ्वीविक्रम शाहको रक्सी उद्योगमा राति १२ बजेको समयमा फोहोरमैलामा लगाएको आगो सल्केर आगलागी भएको बताइएको छ।
आगलागीबाट कम्पनीमा पूर्ण रुपमा क्षति पुग्न गई त्यहाँ रहेको ५९ हजार लिटर रक्सी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार अन्दाजी ३ करोड बराबरको क्षति भएको छ। आगो राति साढे १ बजे नियन्त्रणमा आएको प्रवक्ता जोशीले बताए।
आगो निभाउने क्रममा उक्त कम्पनीमा काम गर्ने काठमाडौं महानगरपालिका–८ बालाजु घर भएका ४३ वर्षीय दीपक बस्नेत घाइते भएका र उनलाई उपचारका लागि चुरे स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Facebook Comments Box