काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) र अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए।
उनीहरूले राष्ट्र बैङ्कलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैङ्क वरपर प्रहरीको तैनाथी बढाइएको छ ।
Facebook Comments Box