काठमाडौं – नेपाली काँग्रेसले निर्वाचनका लागि दल दर्ता, साउन ३० र ३१ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने प्रस्ताव पारित गरेको छ ।
आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले दल दर्ताको जिम्मा काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई दिने बैठकले निर्णय गरेको छ ।
जम्मा ५ मिनेट बसेको बैठकले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भदौ २ गतेदेखि गर्ने निर्णय भएकोमा उक्त अभियान भदौ १० गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको काँग्रेसका एक नेताले जानकारी दिएका छन् ।
बैठकले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
Facebook Comments Box