काठमांडौ-भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले एक वर्षको अवधिमा ४८ हजार पशुपन्छीलाई खोप लगाएको छ । पशुलाई पूर्ण खोप लगाउने अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा पशुमा खोरेत र पन्छीमा रानीखेत संक्रमण रोक्न खोप लगाइएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख रामबहादुर खड्काका अनुसार दुई नगरपालिका र सात वटा गाउँपालिकामा विभिन्न ठाउँमा विभिन्न प्रकाकारका खोप लगाएको जनाएको छ ।
स्थानीय तहमा खोरेत रोग बाख्रामा पीपीआर तथा कुखुरामा रानीखेत नामक खोप लगाएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ । पशुपालनका लागि राम्रो सम्भावना भएको दार्चुलामा गत आर्थिक वर्षबाट सबै स्थानीय तहमा पशु पूर्ण खोप कार्यक्रम सञ्चालनमा रहेको छ । जिल्लाका व्यावसायिक फार्महरूमा गाईभैंसी, भेडाबाख्रा, बंगुर, कुकुर, बिरालो एवं कुखुरामा सबै खाले खोप लगाउने कार्यक्रम रहेको कार्यालय प्रमुख खड्काले बताए ।
पशु पूर्ण खोप कार्यक्रमले पशुपन्छीमा रोग संक्रमण कम हुने कृषकहरूले विश्वास लिइएको छ । व्यावसायिक रूपमा पशुपन्छीको राम्रो सम्भावना रहेको दार्चुलामा गाई, भैंसी, भेडाबाख्रा, कुखुरापालन बढेको उनको भनाइ छ । गत आर्थिक वर्ष २०७८ ÷७९मा संघ सशर्त अनुदान पसु सेवा तर्फको वार्षिक कार्यक्रम अनुसार जिल्लामा एफएमडी खोप लगाउनेको पशुपन्छीको संख्या जिल्लामा १० हजार ८सय रहेको छ । यो खोप जिल्लाको शैल्यशिखर नगरपालिकामा ३हजार ५सय नौगाड गाउँपालिकामा ५सय मार्मा गाउँपलिकामा ३ हजार मालिकार्जुन गाउँपालिकामा २ हजार महाकाली नगरपालिकामा ५सय दुहुँ गाउँपालिकामा १ हजार तथा व्याँस गाउँपालिकामा ३४३ वटा पशुपन्छीलाइ एफएमडी खोप लगाइएको छ ।
यस्तै गत वर्ष जिल्लमा पीपीआर खोप लगाउने पशुपन्छीको संख्या जम्मा ३३ हजार ५सय रहेको छ । जसमध्ये शैल्यशिखर नगरपालिकामा ४ हजार ७ सय मालिकार्जुन गाउँपालिकामा ४हजार ५सय मार्मा गाउँपालिकामा ५ हजार व्यासँ गाउँपालिकामा २ हजार अपि हिमाल गाउँपालिकामा १ हजार नौगाड गाउँपालिकामा २ हजार महाकाली नगरपालिकामा ९ हजार लेकम गाउँपालिकामा २ हजार तथा दुहुँ गाउँपालिकामा ३ हजार गरी गत वर्षको एक वर्षमा ३३ हजार ५सय वटा पशुपन्छीलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।
रानीखेत खोप र रेविज खोप गत वर्ष जिल्लाको महाकाली नगरपालिकामा मात्रै लगाएको कार्यालयले जनाएको छ । नगरपालिकामा रानीखेत खोप २ हजार तथा रेविज १हजार ७७० वटा पशुपन्छीलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।खोप कार्यक्रम संचालन गर्नका लागि केन्द्रबाट ७१ हजार खोप जिल्लामा आएको थियो । खोप कार्यक्रम संञ्चालन गर्न १९ लाख ५० हजार रुपैँया बजेट विनीयोजन गरिएको थियो । जसमध्ये १० लाख खर्च भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको ।