डडेल्धुरा- कैलालीमा हतकडीसहित भागेका युवकको घरबाट प्रहरीले ४७ किलो गाँजा बरामद गरेको छ। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ४ वाणी बस्ने २८ वर्षीय शंकर चौधरीको घरबाट ४७ किलो गाँजा बरामद गरिएको हो।
शंकरलाई प्रहरीले आफ्नै बुवामाथि कुटपिटको आरोपमा शुक्रबार पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर उनी भागेका थिए।
फरार भएका शंकरको खोजीका क्रममा उनलाई जोशीपुर ४ हसनापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
Facebook Comments Box