काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी कायम रहने फैसला गरेको छ । उम्मेदवारी कायमै रहने फैसला गरेसँगै उनले सर्वोच्च अदालतलाई धन्यवाद दिएकी छिन् ।
फैसलापछि अदालतको पूर्णपाठ सार्वजनिक गर्दै ललितपुर—३ बाट उम्मेदवार बनेकी तोसिमाले अदालतबाट सत्य नडगमनाउने बताउँदै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज फेरी सम्मानीत सर्वोच्च अदालतले मेरो उम्मेदवारी कायम नै राख्ने फैसला गरी सत्य डगमगाउदैन भन्ने प्रमाणित गरेको छ, न्यायको पक्षमा उभिनुभएका सम्पूर्णलाई फेरी पनि धन्यवाद ।’
तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उनको उम्मेदवारी कायमै रहने फैसला गरेको हो ।
उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।