धनगढी – आइतबार अर्थात् ४ गते हुने आम निर्वाचनका लागि सबै तयारी पुरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।
सुदूरपश्चिम प्रदेशबाट ३२ प्रदेश र १६ प्रतिनिधिसभा सदस्य चयनका लागि आम निर्वाचनको तयारी पुरा भएको हो।
मतदान सम्पन्न भएको ५ दिनभित्रै प्रत्यक्षतर्फको सम्पुर्ण नतिजा आइसक्ने गरी तयारी थालिएको आयोगले जनाएको छ।
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको निर्वाचन आयोग सुदूरपश्चिम प्रदेशका निमिक्त प्रमुख प्रेमराज भट्टले बताए। यसका लागि आवश्यक कर्मचारीसहित सबै प्रबन्ध मिलाइसकिएको भट्टले बताए।
Facebook Comments Box