अछाम – अछाम जिल्लामा सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मङ्गलसैनमा पुर्याइएको छ । केही समय पछि सर्वदलीय बैठक बस्ने र मत गणना दिउँसोदेखि मात्र सुरु गरिने मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिए।
दुईवटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिब ५५ प्रतिशत मतदान भएको छ।
जिल्लाका क्षेत्र नम्बर १ का १ सय ३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १ सय ५ मतदान केन्द्र तथा ३ वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भएको उनले बताए।
Facebook Comments Box