काठमाडौं – युक्रेनबाट चार नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् ।
भारत सरकारको सहयतामा उनीहरू शनिबार काठमाडौं आइपुगेका हुन् ।
युक्रेनमा जारी युद्धको क्रममा अलपत्र परेका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै भारत सरकारले अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फिर्ता गरिरहेको छ । सोही क्रममा भारत सरकारले चार जना नेपालीलाई पनि फिर्ता ल्याएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । शनिबार प्रधानमन्त्री देउवाले ट्विट गर्दै मोदी र उनको सरकारलाई धन्यवाद दिएका हुन् ।
देउवाका अनुसार ती नेपाली नागरिकहरू भारत हुँदै काठमाडौं आइपुगेका हुन् ।
Facebook Comments Box