काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेको छ ।
अभ्यास खेलका लागि श्रीलङ्कामा रहेको नेपाली टोली उतैबाट यूएई गएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । श्रीलङ्कामा नेपालले तीन वटा खेल जितेको थियो भने एउटामा पराजित भएको थियो ।
यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको शृङ्खलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेल चैत २ गते पीएनजीसँग खेल्नेछ । यस्तै दोस्रो खेल चैत ४ गते यूएईसँग, तेस्रो खेल चैत ७ गते यूएईसँग नै र चैत ८ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ ।
विश्व क्रिकेट लिग–२ मा आठ खेलमा आठ अङ्कसहित नेपाल छैटौँ स्थानमा छ । यूएई तेस्रो र पीएनजी पुछारमा रहेको छ ।
Facebook Comments Box