काठमाडौं-साउदी अरबका राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौंमा छन्। विदेशमन्त्रीसमेत रहेका फैसल सोमबार साँझ २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आइपुगेका हुन्।
भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री फैसलले मंगलबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
आज नै परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्ने छन। भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। आज अपराह्न उनी स्वदेश फर्कने छन।
Facebook Comments Box