काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरु सरकारलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
देशमा राष्ट्रिय सहमतिको खाँचो रहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए । आफूहरुले सरकारको कामकारबाहीलाई उत्तरदायी बनाउनका लागि सधैँ लागि पर्ने बताए । त्यस्तै प्रतिनिधि सभालाई पूर्ण कार्यकाल संचालन हुनुपर्नेमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले संविधानको ७६(४) बमोजिम आज विश्वासको मत लिन लागेका हुन् ।
Facebook Comments Box