काठमाडौँ – भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरीक सहित ७ जना चालकलाई शनिबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा ७ जना चालकलाई आज भक्तपुरको जगातीबाट फेला पारेको हो ।
बा ६९ प ५६ २७ नम्बरको मोटरसाइकल चालक अमेरिकन नागरिक Tascom Hopcon, बा ९५ प ६२ ५१ नम्बरको मोटरसाकल चालक भक्तपुरको जगातीका अशोक गुरुङ, बा ८१ प ४२ ६३ नम्बरको मोटरसाइकल चालक काभ्रेपलाञ्चोकको बनेपाका आकाश तामाङ पक्राउ परेका हुन् । त्यस्तै, बागमती प्रदेश ०२ ०३० प ८४ ६८ नम्बरका मोटरसाइकल चालक कोटेश्वरका देबेन्द्र घिमिरे, बा ८८ प २८ ५७ नम्बरका मोटरसाइकल चालक बानेश्वरका जोतलाल तामाङ, बागमती प्रदेश ०२ ०२२ च ४९ ६९ नम्बरको जीप चालक सिन्धुपाल्चोकका एबेन्द्र कार्की र ईम्बोस्ट BAB १९ ६४ नम्बरको कार चालक थानकोटका पवन राना मगर पनि लागुऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा पक्राउ परेका हुन् ।