काठमाडौं – देशभर थप ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
६ हजार १ सय ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४१ जना एन्टिजेन विधिबाट ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २१३ जना सङ्क्रमण मुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय ७४ पुगेको छ ।
यता, थप १ लाख ५ हजार ४२२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
Facebook Comments Box