धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्पमा परेकाहरूको उद्धार तथा घाइतेको उपचारमा खटिन निर्देशन दिएका छन्। मुख्यमन्त्री रावलले बाजुरा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो गएको भूकम्पमा परेकाहरूको उद्धार तथा उपचारमा खटिन सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्।
उनले उद्धार तथा उपचारमा सहयोग गर्न अन्य सबै पक्षलाई आग्रह समेत गरेका छन्। यथाशीघ्र क्षतिको विवरण संकलन गर्दै उद्धार तथा उपचारका खटिन उनले सरोकारवालालाई निर्देशन दिएका छन्।
यस्तै, थप पराकम्प जाने सक्ने जोखिम रहेकाले सजगता अपनाउन उनले आग्रह गरे। बाजुरा केन्द्रबिन्दु बनाएर गएको ५।९ रेक्टर स्केलको भूकम्पले बाजुरामा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्।
बाजुरा, बझाङसहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा भूकम्पले भौतिक संरचनामा क्षति पुगाएको छ।
Facebook Comments Box