बैतडी – बैतडीको पाटन विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द छ। धनगढी–बैतडी–धनगढी साप्ताहिक रुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द भएको हो।
हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ। ११ करोडको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा बैतडीबाट आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन्।
साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियोे। गत चैत १० गते अन्तिम पटक उडान भएको थियो। हवाई सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए। आगामी फागुनमा उडान हुनसक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टले बताए।
Facebook Comments Box