कैलाली-कैलालीबाट लागु औषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन।
अदालतबाट एक बर्ष कैद सजाय सुनाइएका धनगढी उप–महानगरपालिका – ६ बस्ने ३४ बर्षीय नबिन देउवा (आसिश) पक्राउ परेका हुन।
उनलाई जिल्ला अदालत कैलालीले २०६९ चैत्र १३ गते १ बर्ष ३ महिना २८ दिन कैद र ७ हजार ५ सय जरिवाना तोकेको थियो।
देउवालाई मंगलबार धनगढी उपमहानगरपालिका – ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Facebook Comments Box