काठमाडौं – नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको दाबी गरेकी छिन् । नेपाली सेनाको डेटाहरू टर्की पुग्ने गरेको जानकारी आफूले पाएको भन्दै उनले साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको औँल्याइन् ।
मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको दाबी गरेकी हुन् । नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास नगरेसम्म नेपालको सुरक्षालगायत सबैखाले तथ्यांकहरू चोरी हुने खतरा रहेको उल्लेख गरिन् ।
‘हाम्रोजस्तो देशमा के हुँदोरहेछ भने हामीले सुरु त गर्याैँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरूको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो, तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट पनि ह्याक भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ,’ उनले भनिन् ।