काठमाडौँ- निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन्।
स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै निवर्तमानमन्त्री गिरीले मन्त्रीको रूपमा आफूले बेथित रहेको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको पनि स्पष्ट पारे। उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरू छन भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत बताए।
निवर्तमान मन्त्री गिरीले भने, ‘४२ दिन स्वास्थ्यमन्त्रीको रूपमा रहेर काम गर्ने अवसर प्राप्त भयो। यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययन धेरै गरेँ। स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो। त्यही बेला यहाँबाट बिदा लिनुपर्ने अवस्था बन्यो। स्वास्थ्य मन्त्री बन्नुअघि यस क्षेत्रमा यति धेरै विकराल समस्या छ भन्ने मलाई थाहा थिएन।’
निवर्तमानमन्त्री गिरीले स्वास्थ्य विमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यक्ता औंल्याए। त्यसका लागि विमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पुर्याउनुपर्ने उनको सुझाव थियो। निवर्तमानमन्त्री गिरीले स्वास्थ्य विमा बढाउनका लागि आफूले अर्थमन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने