धनगढीः कैलालीमा प्रहरीले ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ। आज (बुधवार) भजनी नगरपालिकाको सिमावर्ती क्षेत्र र जोशीपुर गाँउपालिकाको बिभिन्न स्थानबाट भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याईएका सामानहरु बरामद गरिएको हो।
प्रहरीका अनुसार छ लाख छयालिस हजार चार सय बराबरका ती सामानहरु वेवारिशे फेला परेका थिए। अहिले उक्त सरसामानहरु आवश्यक कारबाहीको लागी सत्ति भन्सार कार्यालयमा पठाईएको छ।
Facebook Comments Box