काठमाडौं – नेकपाएमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ सरोजकुमार उपाध्यायको निधनमा दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।
उपाध्यायको शंखमूलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो । उनको निधनमा परिवारलाई समवेदन दिन ओली बुधबार किरियापुत्री भवन पुगेका हुन् । सोही क्रममा किरियापुत्री भवनमा रहेका नेपालसँग ओलीको भेट भएको नेपालको सचिवालयले जनाएको छ ।
Facebook Comments Box