मुग्लिन – मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मत–सम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो ।
मर्मत–सम्भारपछि चैत १५ गते मंगलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४, चेरेशस्थित बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ ।
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।
Facebook Comments Box