दार्चुला- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ११ गते हिजो सम्म दरखास्त दिने समय तोकेको थियो।
सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा जम्मा ७ सय ४२ जना म्यादी प्रहरीको कोटा छ तर जिल्ला प्रहरी कार्यालय दार्चुलामा झण्डै दुई हजार जतिले म्यादी प्रहरीमा आवेदन दिएका छन।
हाल सम्म जिल्लामा १ हजार ९९८ जनाले म्यादीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्कर्माले जानकारी दिए। जिल्लमा देखियोका यो भिडेले म्यादी प्रहरीका लागि देखिएको यो भीडले नेपालको बेरोजगारीलाई चित्रण गरेको छ।
नेपालको संविधान २०७२ को धारा ३३ मा मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भन्ने व्यवस्था छ। पाँच वर्षअगाडि २०७४ मा तीनै तहको निर्वाचन हुँदा सबै राजनीतिक दलले बेरोजगारी समस्या हल गर्ने नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्थानीय तहको पाँचवर्षे कार्यकाल सक्किनै लाग्दा र प्रदेश र संघीय सरकारको एक वर्ष मात्रै बाँकी रहे पनि बेरोजगारी समस्या भने जस्ताको त्यस्तै छ।म्यादी प्रहरी हुन चाहने बेरोजगार नागरिकको भीडले राजनीतिक दलहरूलाई गिज्याएको स्थानीय स्वयम आफुहरुले बताई रहेका छन।
४० दिने जागिरका लागि बेरोजगारहरूको लर्को लागेको देखियो। यो राजनीतिक दलका लागि गिज्याउने विषय हो’, सथानीय भास्कर धामीले सारथी खबरसंग भने।
रोजगारीका अवसर वृद्धि गर्न सरकारले लगानीमैत्री नीति ल्याउनुपर्ने स्थानीयहरुले बताएका छन ऊर्जाशील जनशक्ति र प्राकृतिक स्रोत साधनको परिचालन तथा उपयोग गर्न नसकिँदा बेरोजगारी बढेको दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष सुरस थापाले बताए।
‘ऊर्जाशील जनशक्ति र स्रोत परिचालन गर्न नसक्दा बेरोजगारी समस्या हल हुन सकेको छैन’, उनले भने, ‘निजी क्षेत्रलाई लगानी पर्यटन, उद्योग तथा व्यापारमा सरकारले सहज हुने वातावरण निर्माण नगरिँदा रोजगारीको अवसर बढ्न सकेन।’बेरोजगारी समस्या हटाउन तीनै तहको सरकारले काम गर्न नसक्दा म्यादी प्रहरीमा भर्ना हुनेको भीड थामिनसक्नु देखिएको बताइएको छ।
पाँच वर्षअगाडि २०७४ मा भएको निर्वाचनमा राजनीतिक दलले बेरोजगारी समस्या हटाउन विभिन्न नीति र कार्यक्रम ल्याउने चुनावी घोषणामा उल्लेख गरेका थिए। निर्वाचनपछि बनेका सबै सरकारले बेरोजगारी हटाउने भाषण गर्न नछोडे पनि शहरदेखि गाउँसम्म बेरोजगारी समस्या ह्वात्तै बढेको म्यादी प्रहरी भर्ना हुन आएको भीडले प्रष्ट देखाएको छ।
१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको थियो। फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन पाउने भनिएको थियो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षानिकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने बताइएको छ।
म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरिदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने छन्। उनीहरूको बीमालगायतका अन्य सुविधा पनि हुनेछ।