काठमाडौं -नेपाल र चीनबीच नौबुँदे समझदारी भएको छ।
शनिबार नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौबुँदे समझदारी भएको हो।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए।
बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल गरिएको थियो।
समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो।
Facebook Comments Box