भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराएको छ। आइपिएल २०२३ मा चेन्नईको यो पाँचौं जित हो।
कोलकाताले भने लगातार चौथो हार बेहोर्यो। आफ्नो सातौँ खेलमा चेन्नईले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो।
यो जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले ७ खेलमा १० अंक जोडेको छ। आठौँ स्थानमा झरेको कोलकाताले ७ म्याच खेल्दा २ मा जित र ५ खेलमा हार बेहोरेको छ।
Facebook Comments Box