धनगढी: धनगढीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिएको घटना मिलाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले मोटरसाइकल धनि र सवारी चालकबिच सहमति भएपछि घटना मिलाइएको जानकारी दिए।
उनका अनुसार ठोक्किएका २ मोटरसाइकललाई मर्मत गर्ने सहमति भएपछि घटना रफादफा भएको हो। हिजो राति धनगढीस्थित क्याम्पस रोडमा साढे १० बजे सरकारी नम्बर प्लेटको उक्त गाडीले पार्किङ गरिएका २ मोटरसाइकललाई ठोकेको थियो।
मदिरामा लट्ठ परेका चालक डम्बर थापाले ब्याक गर्नेबेला एक फार्मेसी बाहिर पार्किङ गरेका २ मोटरसाइकललाई ठोकेका हुन्। ठक्कर दिएपछि हिजो प्रहरीले चालकलाई छाडेर गाडी मात्रै नियन्त्रणमा लिएको थियो।
Facebook Comments Box