धनगढीः पन्जावबाट नेपाल फर्किरहेका दार्चुलाका धुनुराम लावड बाटोमै लुटिएका छन्। जिल्लाको लेकम गाउपालिका १ सर्मोली स्थायी घर भएका धुनुराम बसकै लुटपाटमा परेका हुन्।
उनको साथबाट लुटेराहरुले ३० हजार बढी नगद, मोबाइल फोन र अन्य कपडाहरु लुटेको बताइएको छ। उनलाई बेहोस पारेर बाटोमा लुटिएको बुझिएको छ।
बेहोस चएर लुटिएका उनलाई बसवालाले टनकपुरमा उपचार गराएका थिए। त्यसपछि उनी त्यहाँबाट महेन्द्रनगर आएका थिए।
यस्तै आज आफ्न एक आफन्तको सहयोगमा आफू महेन्द्रगरबाट दार्चुला गैरहेको उनले बताए। लुटेराहरु को हुन् ? भन्नेबारे भने केही पत्तो लागेको छैन्।
Facebook Comments Box