काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धन बदल्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धन बदल्न सुझाव दिएका छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभामा प्रिबजेट छलफलमा भाग लिँदै उनले वर्तमान सत्तागठबन्धनमै कायम रहँदा सफल हुन नसक्ने भएकाले प्रचण्डले गठबन्धन बदल्नु पर्ने बताएका हुन् ।
सत्ता सहयात्राको जोडी बदल्नुपर्ने कारणबारे उनी थप्छन्, ‘यो जोडीलाई ‘कर्मचारीले विश्वास गरेको छैन । विदेशीले विश्वास गरेको छैन। नेपाली लगानीकर्ताले विश्वास गरेको छैन ।’
२०७८ साल असारमा एमाले नेतृत्वको सरकार ढलेपछि नेपालका निजी क्षेत्र समेत उत्साहित हुन नसकेको उल्लेख गर्दै उनले नेपालको निजी क्षेत्रले समेत कांग्रेस र माओवादी नेतृत्वको संयुक्त सरकारलाई नपत्याएको बताए । विदेशी सहयोग र अनुदान घटेको भन्दै कांग्रेस र माओवादीको संयुक्त सरकारलाई विदेशी दातृ निकायहरुले, अन्तराष्ट्रिय समुदायले नपत्याएको रुपमा ब्याख्या गरे ।