काठमाडौँ – पहिलो संविधानसभा सदस्य तथा पूर्व वन तथा भू-संरक्षण राज्यमन्त्री लक्ष्मण मेहताको निधन भएको छ ।
सिरहाको लहान नगरपालिकाका ८ घर भएका मेहताको ७६ वर्षको उमेरमा आज निधन भएको हो ।
०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट मेहता सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
फोरम विभाजित भएर गठित तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) रोजेपछि मेहता राज्यमन्त्री बन्ने अवसर पाएका थिए । पछिल्लो समय उनी राजनीतिबाट टाढिएका थिए ।
Facebook Comments Box