काठमाडौँ – नेकपा एमालेका नेता डा.भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु देशका लागि ठूलो गद्दारी भएको बताएका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय भुटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए ।
उनले तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरू नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ ? भन्दै प्रश्न गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मात्रै नभई मानव बेचबिखन र राष्ट्र विरोधी कुकृत्य भएको बताए ।
उनले नक्कली भुटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने काम भइरहेको भन्दै अपराधलाई लुकाउनु देशका लागि ठूलो गद्दारी भएको बताएका छन् ।
Facebook Comments Box