धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नयाँ मन्त्री बन्ने सांसदहरुको नाम बोकेर काठमाडौँबाट धनगढी फर्किएका छन् । उनी नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्ने सांसदहरुको नाम बोकेर धनगढी फर्किएका हुन् ।
सांसदहरुको नाम लिएर मुख्यमन्त्री शाह धनगडी फर्किएसँगै भोलि सम्ममा मन्त्रिपरिषद् विस्तार गरिने बुझिएको छ । नयाँ मन्त्री बन्ने सांसदको नाम भने शाहले सार्वजनिक गरेका छैनन् ।
२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सत्तारुढ गठबन्धनमा भागबण्डा नमिल्दा सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
मन्त्रिपरिषद् विस्तार गर्ने वातावरण मिलाइदिन आग्रह गर्दै शाह शिर्ष नेतालाई भेट्न भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश दे्उवा, माओवादी संसदीय दलका नेता खगराज भट्टलाई साथमै लगेर काठमाडौँ गएका थिए ।
Facebook Comments Box