कञ्चनपुर – अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि कञ्चनपुरको नेपाल–भारत सीमामा निर्माण गर्न लागिएको एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यंकन प्रतिवेदन तयार भएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नम्बर १, २ र ३ मा बन्ने व्यापार पूर्वाधारमा गौरीशंकर मध्यवर्ती सामुदायिक वनको ६३ हेक्टर क्षेत्र प्रयोग हुनेछ । त्यस क्षेत्रमा रहेका १ हजार ९८९ वटा रुख आयोजना निर्माणका बेला काटिने छ ।
उक्त नोक्सानीको क्षतिपूर्तिका लागि सरकारले एक लाख ५० हजार ५२५ गोटा रुखहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति तथा नगरपालिकासँग समन्वय गरी वृक्षारोपण गरिने प्रतिवेदनमा उल्लेख छ ।
वातावरणीय प्रभाव मूल्याकंन स्वीकृतीसँगै आयोजना निर्माणको ढोका खुलेको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।
सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने दाबी गरिएको सो आयोजना निर्माण गर्न सरकारले भारत सरकारलाई आग्रह गरेको छ ।
2 Comments
कुनै काम गरिदा कुनैहानी नोक्सानी अनि कुनै फाइदा बेफाइदा पनि हुन्छ नै तर यहाँ रुख काटिनु कुनै ठूलो कुरो होला नहोला तर यो सुख्खा बन्दरगाह बाट आगामी दिनहरुमा नेपाल अधिराज्यभरिका नेपाली जनता नेपाली व्यारी उद्योगी कलकारखाना कम्पनी संचालन गर्ने हरुले आफुलाइ चाहिने हरेक र मेट्रेलहरु ल्याउन सकिने हुदा यसले सबिलाइ देश बासिलाइ नै राम्रो आम्दानी गर्ने एउटा नया गन्तव्य स्थल हुनेछ बन्ने छ।यहि मेरो सबैलाइ शुभकामना पनि।
Happy our village dodhara chadani