धनगढी – कैलालीमा प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्रले मदिराका प्रचार सामग्री हटाउन थालेको छ । प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र महेन्द्रनगरले बिहीबार देखि मदिराका प्रचार सामग्री हटाउन थालेको हो ।
मदिराका प्रचार सामग्री धनगढीको जिल्ला प्रशासन गेटदेखि एलएन चोक सम्मका होटेल, पसल र रेष्टुरेन्टमा लगाइएका मदिराको प्रचार सामग्री हटाएको छ ।
केन्द्रका प्रमुख हेमराज खड्काले जिल्ला प्रशासन कार्यालय कैलाली, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र उपभोक्ता हित संरक्षणकर्मीहरुको सहयोगमा होटल तथा पसलमा राखिएका होर्डिङ बोर्ड, पोष्टर तथा अन्य प्रचारका सामग्री हटाउन थालिएको जानकारी दिए ।
उनकाअनुसार बिहीबार मुख्य बजार क्षेत्रका १२ वटा होटल तथा रेष्टुरेन्टमा लगाइएका मदिराका प्रचार सामग्री हटाइएको छ ।
Facebook Comments Box