धनगढी – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रदेश सरकारले प्रदेश सरकारको औचित्य र भूमिका पुष्टि हुने गरी काम गर्ने दाबी गरे ।
शुक्रवार धनगढीमा एक टेलिभिजनले आयोजना गरेको दबाबमा अर्थतन्त्र प्रभावमा बजेट वृहत् बजेट बहस कार्यक्रममा बोल्दै मन्त्री शाहीले जनताहरू जनप्रतिनिधि प्रति निकै निराशा भएको भन्दै अब जनतालाई निराशा हुन नदिने गरी आफूहरू काममा लागिसकेको बताए ।
प्रदेश सरकारले जनजीविका जनचाहाना जनताका आवश्यकता मा केन्द्रित भई कामहरू गर्ने र सुशासन युक्त समाज निमार्णमा लाग्ने बताए । कार्यक्रमका सहभागीहरूले विगतका सरकार सञ्चालन गर्ने जनप्रतिनिधिहरूले सोचे जस्तो काम नगरेको भन्दै प्रदेश सरकारको भूमिका सोचेजस्तो नभएको भन्दै गुनासो गरेका थिए । गुनासा सम्बोधन गर्दै मन्त्री शाहीले विगतका दिनमा कसले के गरे त्यो भन्दा पनि आफूहरूले सुदूरपश्चिमलाई नयाँ मोडालिटिमा विकास गर्ने गरी कामको सुरुवात गरी सकेको बताए ।
जनतालाई सरकारको अनुभूति हुने गरी आफूहरू काम गर्ने र यही सरकार पाँच वर्ष निरन्तर भयो भने जनताले देख्ने गरी काम गर्ने र सात वटै प्रदेश मध्य सुदूरपश्चिम प्रदेश सुशासन युक्त भ्रष्टाचार मुक्त प्रदेश गर्ने समेत बताए।