धनगढी: सुदूरपश्चिमको प्रि–बजेट छलफल काठमाडौँमा गरिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरुबीच मंगलबार काठमाडौँमा प्रि बजेट छलफल भएको हो ।
आर्थिक मामिला मन्त्रालय धनगढीको आयोजनामा यहाँको बजेट, विकास योजनाको समीक्षासहित आगामी बजेट र योजनाबारे छलफल गरिएको छ ।
Facebook Comments Box