डडेल्धुरा: सरकारले सुदूरपश्चिमका २ वटा क्रीकेट रंगशालामा पूर्वाधार निर्माणको काम अघि बढाउने घोषणा गरेको छ।
हिजो आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैतडीको दशरथचन्दसहित कैलालीको फाप्ला, मोरङको बिराटनगर, चितवनको भरतपुर क्रिकेट रंगशालाको पुर्वाधार निर्माण कार्य अघि बढाइने घोषणा गरेका हुन्।
बैतडीको सुन्दरखालमा २०६३ मा निर्माण भएको गरेको क्रिकेट मैदानलाई २०७१ सालमा राष्ट्रिय खेलकुद परिषदले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भनेर शुरु गरेको थियो । तर पछिल्लो समयमा राखेपले नै सो मैदानलाई अलपत्र छाडेको छ ।
Facebook Comments Box