धनगढीः निर्वाचित भएपछि नेकपा एकीकुत समाजवादीका प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आले आज पहिलोपटक संसद्मा बोलेका छन्। डोटीबाट निर्वाचित भएका आले नीति तथा कार्यक्रम सम्बन्धीको छलफलमा आज (बुधवार) संसद्मा बोलेका हुन्।
आफू बिरामी भएको जानकारी गराउँदै उनले आफ्नो मन्त्रीकालमा गरेका कामहरुको फेहरिस्त सुनाएका थिए। यस्तै बोल्दाबोल्दै पानी पिएका उनले आफू हल्का बिरामी भएकोले संसद्को २ मिनेट थप समयसमेत मागेका थिए।
उनले संसद्मा पूर्व अर्थमन्त्री जनार्दन शर्माप्रति गुनासो सोत गरे। उनले भने, ‘म मन्त्री हुँदा निजगढमा विमानस्थल बनाउन पहल गरे। त्उसका लागि लगत स्टीमेट गरेर बजेटका लागि अर्थ मन्त्रालयमा पठाउँदा उहाँ तत्कालीन अर्थमन्त्री (शर्मा) ले त्यो रद्दीको टोकरीमा फाल्नुभयो। बजेट नै दिनुभएन्। पछि त्यहाँ गएर ती सोझा मधेशका जनतालाई विमानस्थल बनाउने भनेर झुटो कुरा भन्नुभयो। तर, म भन्छु त्यहाँ यसरी कहिल्यै विमानस्थल बन्दैन।’
यस्तै आलेले धनगढीको एयरपोर्टलाई विस्तार गरेर स्तरोन्नती गर्न पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको जनाए। अब यी कामहरु गर्नुपर्ने उनको भनाइ छ।