काठमाडौं: नेपाली क्रिकेट टिमका मुख्य खेलाडी सन्दीप लामिछाने टिमसँगै दक्षिण अफ्रिका जान नपाउने भएका छन् । सन्दीपविरुद्ध विचाराधीन नाबालिका बलात्कार मुद्दामा मंगलबार पनि अन्तिम फैसला नहुँदा उनी टिमसँगै दक्षिण अफ्रिका जान नपाएका हुन् ।
न्यायाधीश शंकरबहादुर राईको इजलासले पीडितको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनको सुनुवाइ गरेपछि मात्र मूल मुद्दाको फैसला हुने बताएपछि आजको पेसी रोकिएको हो ।
अदालती प्रक्रिया लम्बिएका कारण उनलाई दक्षिण अफ्रिका जानबाट रोकेको हो ।
Facebook Comments Box