धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेशकुमार शाहीले प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीहरुसँग आगामी बजेटबारे छलफल गरेका छन् ।
उनले पूर्व आर्थिक मामिला मन्त्रीहरु झपड बोहरा, प्रकाश शाह, तारालामा तामाङ र प्रकाश रावललाई मन्त्रालयमा बोलाई आर्थिक वर्ष २०८०/८१ को पूर्व बजेट छलफल गरेका हुन् ।
त्यस्तै, प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरिरहेका बेला आर्थिक मामिला मन्त्री शाहीले पूर्व आर्थिक मामिला मन्त्रीहरुसँग सुझाव पनि मागेका छन् । पूर्व आर्थिक मामिला मन्त्रीहरुसँग विगतका बजेटको समीक्षा गर्दै उनले सुझाव पनि मागेका हुन् ।
Facebook Comments Box