अछाम: अछाममा एक जना ओभरसियर मृत भेटिएका छन् । पूर्वाधार विकास कार्यालय अछाममा कार्यरत ओभरसियर शमसेर खड्का मृत भेटिएको हुन् ।
जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ चिरकाट्यामा ३५ वर्षीय खड्का मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताएका छन् ।
उनी पूर्वाधार र विकास कार्यालय अछाममा करारमा ओभरसियर पदमा कार्यरत रहेको बुझिएको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
Facebook Comments Box