काठमाडौं: विपक्षी दलहरुको अवरोधका कारण संसद बैठक सोमवारका लागि सरेको छ । आइतवार एक घण्टाका लागि स्थगित भएको संसद बैठक अब सोमबार विहान ११ बजे बस्ने संसद सचिवालयले सूचनामार्फत जानकारी दिएको हो ।
आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।
बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको हो ।
Facebook Comments Box