बैतडी: विद्यालय कर्मचारीहरुको आन्दोलनमा नेपाल शिक्षक संघ बैतडीले पनि ऐक्यबद्धता जनाएको छ । नेपाल शिक्षक संघ बैतडीले विज्ञप्ती निकालेर विद्यालय कर्मचारीहरुको आन्दोलनमा आफूहरुको साथ रहेको जनाएको हो ।
यही जेठ २१ गतेदेखि बैतडीका विद्यालय कर्मचारीहरु आन्दोलनमा छन् । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने लगायतका कुराहरु गरेको भएपनि बजेटबाट त्यो कुरा सम्बोधन नगरेकाले विद्यालय कर्मचारीहरु देशैभरी आन्दोलनमा उत्रेका छन् ।
शिक्षक संघ बैतडीले विद्यालय कर्मचारीका जायज मागहरु सरकारले पूरा गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
Facebook Comments Box