धनगढी : धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा व्यावसायिक पत्रकारिताका चुनौतीबारे कार्यशाला आयोजना गरिएको छ ।
बिहीबार सो क्याम्पसमा सञ्चार विज्ञ, धनगढीका पत्रकार र पत्रकारिताका विद्यार्थीबीच अन्तरक्रिया गर्न सो कार्यशाला आयोजना गरिएको हो ।
छलफलमा सञ्चार विज्ञ डा. भानुभक्त आचार्यले पत्रकार स्वयम् आफै राजनीतिक दल र व्यावसायिक घरानामा प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गले संलग्न हुँदा समस्या भएको बताए ।
डा. आचार्यले व्यावसायिक पत्रकारिताका चुनौती, सो क्याम्पसका आमसञ्चार विभाग उपप्राध्यापक भुवन भण्डारीले सुदूरपश्चिमको व्यावसायिक पत्रकारिताका चुनौतीबारे जानकारी गराए ।
पत्रकार मनमोहन स्वाँरले सुदूरपश्चिमको व्यावसायिक पत्रकारिताको अवस्था र सम्भावना बारे प्रस्तुत गरे। कार्यक्रममा क्याम्पस प्रमुख डा। धर्मराज उपाध्याय, पत्रकार जगत साउदलगायतले धारणा राखेका थिए ।
Facebook Comments Box