काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । आज साँझ सवा ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।
यसअघि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएको भोलिपल्टै जेठ २१ गते साँझ पनि विप्लवले भेटवार्ता गरेका थिए ।माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको भनिएका बेला विप्लव लगालग बालुवाटार पुग्नुलाई माओवादी वृत्तले चासोका साथ हेरेको छ ।
Facebook Comments Box